दफा ५०
सम्पत्ति विवरण सम्बन्धी व्यवस्था
(१) दफा २ को खण्ड
(ग) को उपखण्ड (१), (२); (३), (४), (५), (६) वा
(९) बमोजिमका सार्वजनिक संस्थाको कुनै पदमा बहाल
रहेका व्यक्ति वा सोही दफाको खण्ड (घ) को उपखण्ड
(१), (२), (३)/वा (४) बमोजिमका राष्ट्रसेवकले त्यस्तो पद धारण गरेको मितिले र यो दफा प्रारम्भ हुँदाका बखत सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले यो ऐन प्रारम्भ भएको मितिले साठी दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारी समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको म्यादभित्र सम्पत्तिको विवरण पेश गर्न नसक्ने ... व्यक्तिले त्यस्तो विवरण पेश गर्न नसक्नाको कारण सहित उल्लेख गरी म्याद थपको लागि अनुरोध गरेमा सम्बन्धित निकाय वा अधिकारीले बढीमा तीस दिनसम्मको म्याद थप दिन सक्नेछ ।
(2क) सम्पत्ति विवरण पेश गर्नु पर्ने अवधिमा कुनै राष्ट्रसेवक असाधारण वा अध्ययन बिदामा रहेको वा अस्पतालमा भर्ना भई वा असक्त भई बिदामा रहेको वा नेपाल सरकारको निर्णयबाट कुनै तालीम, अध्ययन, सम्मेलन वा वार्ताको लागि बिदामा रहेको वा काज खटिएकोमा त्यस्तो बिदा वा काज समाप्त भई:सम्बन्धित कार्यालयमा हाजिर हुनु पर्ने मितिले तिस: दिनभित्र सम्पत्ति विवरण पेश गर्नु पर्नेछ।
(2ख) उपदफा (१), (२) रु (रक) मा जुनसुकै कुरा लेखिएको भए ८ तापनि अनुसन्धान अधिकारीले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खास तह, समूह, निकाय वा संस्थामा कार्यरत राष्ट्रसेवकलाई आफ्नो वा आफ्ना परिवारका नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको: अच्यावधिक विवरण कुनै खास खास अवधिमा पेश गर्नु पर्ने वा नपर्ने गरी तोक्न सक्नेछ।
(2ग) / उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकारीले भ्रष्टाचार सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा अन्य राष्ट्रसेवकलाई म्याद तोकी निज र निजको परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सा सहितको अद्यावधिक विवरण पेश गर्न आदेश दिन सक्नेछ।
(३) उपदफा (१), (२), (2क), (2ख) वा (2ग) बमोजिमको म्यादभित्र सम्पत्ति विवरण पेश नगर्ने राष्ट्रसेवकलाई दश हजार रुपैयाँ जरिबाना हुनेछ र त्यस्तो राष्ट्रसेवक र निजको परिवारको नाममा गैरकानूनी सम्पत्ति रहेको अनुमान गरी सम्बन्धित निकाय वा अधिकारीले अनुसन्धान गर्न सक्नेछ।
(४) यस दफा बमोजिम पेश हुन आएको सम्पत्ति विवरण गोप्य राखिनेछ ।
तर यस ऐन अन्तर्गत अनुसन्धान र तहकिकातको सिलसिलामा सम्पत्ति विवरण माग हुन आएमा त्यस्तो विवरण सम्बन्धित अधिकारीलाई उपलब्ध गराउन सकिनेछ ।